• ६ कार्तिक २०७७, बिहीबार
लोकसेवा आयोगले थप्यो म्याद : असार १७ गतेसम्म आवेदन खुल्ला
  • स्टुडियाे संवाददाता

 

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापन अन्तर्गत निवेदन दिने म्याद थप गरेको छ। मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो।

दोब्बर दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ।

  • ३ असार २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech