• ११ कार्तिक २०७७, मंगलवार
सप्तरी प्रिमियर लिगको उपाधि डाक्नेश्वरी ड्रागनलाई
  • स्टुडियाे संवाददाता

 

डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पारेको छ । मेहबुब आलम कप्तानीको रुपनी राईडर्सले २ विकेटले पराजित भएको छ ।

मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करण प्रतियोगिता अन्तर्गत आइतार भएको फाईनल खेलमा डाक्नेश्वरी ड्रागनले उपाधी जित्दै २ लाख रुपैयाँ हात पारेका छ्न । त्यसैगरी उप बिजेता टिमले १ लाख रुपैयाँ हात पारेका छ्न ।

सप्तरीको राजबिराजमा खेलिएको मेयर कप खेलमा पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

जवाफमा ११६ रनको लक्ष्य पछ्याएको पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन टिमले २० ओभर ८ विकेट गुमाउँदै उपाधी हात परेका हुन ।

उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल, उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह, रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भएका छ्न ।

  • ९ असार २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech