सप्तरीको राजबिराजमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रले भेटिएकी बालिकालाई उनकै काकाको जिम्मा लगाएको छ ।
गत असार २३ राती ८ बजेर ३० मिनेटको समयमा भेटिएकी बालिका सप्तरीको हनुमाननगर कंकालनि नगरपाकिका १४ डलवा चौक स्थितमा वेवारीसे अवस्थामा भेटिकी थिईन ।
वेवारीसे अवस्थामा भेटिएकी बालिका सप्तरीको कंचनरुप न.पा. वडा नं.२ बस्ने स्वः राज कुमार चौधरीको छोरी बर्ष १२ की पुनम चौधरी नाम वतन बताएकी थिईन ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरी महिला तथा बालबालिका सेवा केन्द्रको संरक्षणमा रहेकोमा खोज तलास गर्दै जादा निज बालिकाको वास्तबिक नाम र वतनअग्निसाईर कृष्णसवरण गा.पा ३ बर्ष १२ की पुनम राम खुल्न आएको प्रहरीले जनाएको छ ।
त्यसैगरी आज बिहिवार असार २६ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गा.पा ३ बस्ने बालिकाको काका बिजय कुमार रामलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।