• १३ कार्तिक २०७७, बिहीबार
मोबाइल फोनबाट जानकारी चोर्ने एप पक्राउ
  • स्टुडियाे संवाददाता

गुगलले एउटा यस्तो एप पत्ता लगाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ ।

Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् ।

गुगलले एक ब्लग पोष्टमार्फत उक्त एपका विषयमा खुलासा गरेको छ । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा स्पाईवेयर अर्थात् जासूस भाइरस इन्स्टल गरिदिन्छ । गुगल प्ले प्रोटेक्ट सेक्योरिटीको टिमले यस एपको बारेमा गत सेप्टेम्बर महिनामा जानकारी प्राप्त गरेको थियो ।

गुगलले यस एपलाई प्ले स्टोरबाट हटाइसकेको छ र अन्य सबै प्रभावित डिभाइसलाई यस बारेमा सूचना पनि पठाएको छ । कम्पनीले यस एपका डेभलपरको अकाउन्ट पनि निलम्बन गरेको छ ।

Tizi को सुरुवाती भर्सनमा मोबाइलका डाटा चोर्ने रुटिंग क्षमता नभएतापनि पछिल्लो भर्सनले मोबाइल डिभाइसबाट संवेदनशील डाटा चोर्न सुरु गरेको गुगलको भनाई छ ।

  • १५ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech