×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७७ बैशाख ५, शुक्रबार
डा. यादवको राजीनामा सीके राउतलाई संसद्‍मा ल्याउन
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • २९ श्रावण २०७६, बुधबार
  • समाजवादी पार्टीका एकजना सांसद डा. सूर्यनारायण यादवको राजीनामालाई डा. सीके राउतलाई संसद्‍मा ल्याउने तयारी स्वरुप गरिएको बताइएको छ । पार्टीलाई कुनै पनि जानकारी नगराई सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका छन् ।

    उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भए पनि सीके राउतलाई संसद्मा ल्याउन पहलस्वरुप राजीनामा आएको जानकारी पाएपछि संघीय समाजवादी पार्टीले राजीनामा स्वीकृत नगर्न सभामुखलाई दबाब दिएको स्रोत बताउँछ । उनले आफू बिरामी रहेकाले पदबाट राजीनामा दिएको बताएका छन् । राउत बिखण्डनको मुद्दा छाडेर केही समयअघि मुलधारमा आएका थिए ।

    राउतलाई संसद्मा ल्याउने सहमति यसअघि नेकपाकै नेताहरुसँग भएको स्रोत बताउँछ । बैठकमा कम उपस्थित हुने यादवले यसअघि पनि राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ । तर सभामुखको सचिवालय स्रोतले दिएको जानकारीअनुसार डा. यादवले राजीनामामा स्वास्थ्यबाहेक अन्य कुनै कारण देखाएका छैनन् ।

    Nabintech