• ११ कार्तिक २०७७, मंगलवार
थारु कल्याणकारीणी सभा युएईले यस वर्ष पनि युएईमा माघी भव्य रुपमा मनाउने
  • स्टुडियाे संवाददाता

“थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नारा को साथ यस बर्ष पनि थारु कल्याणकारीणि सभा यु,ए,ई, ले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ आठौं वाषिर्क भेला तथा माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ ।
17 जनवरी 2020 शुक्रबार का दिन स्थानिय समयनुसार मध्यान्ह १ बजे देखी कार्यक्रम CArlton tower Hotel , Deira, Dubai मा गरिने छ ।
अतिथी कलाकार , स्वदेशि तथा बिदेशी पाहुना हरुको आगमन संगै चर्चित गितकार , संगितकार का धरोहरका रुमपा चिनिएका गायक देवकृष्ण विश्वास ज्युको धमाकेदार प्रस्तुती का साथ निकै नै चर्चा कमाउन सफल भएकि अनु चौधरी को प्रस्तुतिमा यस कार्यक्रम अगाडि बढनेछ , साथै स्थानिय कलाकार मा लोक प्रिय गायक तथा कार्यक्रम प्रस्तोता केशब राज महतो र गायक निसान चौधरीको बेजोड प्रस्तुति पनि रहनेछ !

माघेसङ्गक्रान्ती (माघी) लाई थारु समुदायले नया बर्ष को रुपमा मनाउने गर्दछन । माघिमा मौलिक संसकृति सखिया, झुमरा , लाठि नृत्य (stick dance ) प्रदर्शन र रमाईलो गरि मिठा मिठा परिकार हरु खाई यो पर्व मनाउने प्रचलन अनुसार बिगत का बर्ष झै यो बर्ष पनि यु,ए,ई, मा रहेका थारु समुदाय ले मनाउने छ । था.क.स. यूएई का उपाध्यक्ष तथा यस कार्यक्रम का सम्योजक लाल बहादुर चौधरी ज्यु ले जानकारी दिनु भएको छ , साथ मा सम्पुर्ण यु,ए,ई, बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लाई सोसल मिडिया द्वारा चुल्हे निमन्त्रणा सहित कार्यक्रम मा उपस्थित हुनका लागि सस्थाकै अध्यक्ष रुपेश चौधरी ज्यु ले समस्त यु.ए.ई मा कार्यरत रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भईदिन को लागि अनुरोध गर्नु भएको छ ।

  • ७ पुष २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech