×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७७ बैशाख ५, शुक्रबार
फोन नम्बर सोध्न अब १९७ मा फोन गर्न नपर्ने
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • ७ पुष २०७६, सोमबार
  • नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

    थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको छ ।

    नेपाल टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

    व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

    Nabintech