×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७७ बैशाख ५, शुक्रबार
के हो त कोरोना भाइरस ? कसरी हुन्छ संक्रमण ? कसरी बच्ने ?
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • ११ माघ २०७६, शनिबार
  • कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

    सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

    काेराेना भाइरस संक्रमणका लक्षण

    – रुघा खोकी लाग्नु,

    – १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

    – श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

    – घाँटी, टाउको तथा जिउ दुख्ने

    – निमोनिया हुनु,

    – सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

    कसरी हुन्छ संक्रमण ?

    कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

    भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

    भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

    कसरी बच्ने ?

    – रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

    – नियमित साबुन पानीले हात धुने,

    – खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

    – जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

    – अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

    – फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

    Nabintech