• ६ कार्तिक २०७७, बिहीबार
भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन
  • स्टुडियाे संवाददाता

भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन भएको छ ।

प्रवक्ता त्यागीको बुधबार ह्रदयघातका कारण निधन भएको हो । भारतीय राष्ट्रिय कांग्रेसले ट्वीटरमार्फत उनको निधनको सूचना दिएको छ । ट्वीटरमा लेखिएको छः ‘हामी राजीव त्यागीको आकस्मिक निधनबाट निकै दुःखी भएको छौं । हामीले आज एक निष्ठावान र सच्चा देशभक्तलाई गुमाएका छौ ।

यस दुःखको घडीमा पीडित परिवारसँगै साथमै रहेको जानकारी गराउँदै समवेदना प्रकट गर्दछौं ।’ कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छिन् ।

गाजियावादमा निधन हुनु २ घण्टाअघि राजीव एक टेलिभिजनको लाइभ अन्तरवार्ता कार्यक्रममा सहभागी भएका थिए । राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागीलाई पनि समावेश गरेका थिए ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech