• ५ कार्तिक २०७७, बुधबार
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका एक युवाको मृत्यु
  • स्टुडियाे संवाददाता

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवाको मंगलबार मृत्यु भएको छ । उपचारको क्रममा २८ वर्षीय युवकको मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो ।

एक्कासी बिरामी परेका युवकलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालले धरान रेफर गरेको थियो । धरान पुर्‍याइकाे केही क्षणमै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech