‘सुहाग रात’ शब्दै निकै रोमान्टिक छ । वैवाहिक जीवनमा यसको महत्त्व र अर्थ अझै बढी हुन्छ । तर, केही गल्तीका कारण यो रात रोमान्टिकभन्दा पनि तनावपूर्ण हुनसक्छ । कतिले सुहाग रातलाई सामान्य रूपमा लिन्छन् । वा भनौं, बिहेको पहिलो रात पार्टनरसँगको शारीरिक सम्बन्धलाई मात्रै सुहाग रातका रूपमा बुझ्ने मानिस पनि हुन्छन् । वास्तवमा त्यो गलत हो ।
यहाँ सुहागरातमा गर्न नहुने केही गल्तीबारे चर्चा गरिएको छ ।
(१) पार्टनर तयार नभएसम्म यौन सम्पर्कका लागि आफूले मात्रै प्रयास नगर्नुहोस् । वा भनौं, सहमतिबिना यौन सम्बन्ध नराख्नुहोस् । यौन सम्पर्कका लागि कुनै पनि हडबड नगर्नुहोस ।
(२) सुहाग रातमा मदिरा सेवन गर्नु गलत हो । यसले तपाईंको वैवाहिक जीवनको थालनी नै झुर बनाइदिन सक्छ ।
(३) कुनै पनि गर्भ निरोधक साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा गर्भ रहने सम्भावना रहने हुँदा पार्टनरसँग सल्लाह गर्नुस् । र, समझदारी बने कन्डम प्रयोग गर्नुहोस् ।
(४) पहिलोपटक यौन सम्पर्कक्रममा महिलाको रक्तश्राव हुन्छ नै भन्ने नठान्नुहोस् । कारण– योनीको झिल्ली अन्य कुनै कारणले पहिल्यै च्यातिएको हुनसक्छ । यो चिकित्साशास्त्रले भन्छ ।
(५) सुहागरातका लागि हतार गर्नुअघि महिनावारीको समय पनि ख्याल गर्नु राम्रो हुन्छ । त्यसैअनुसार सावधानी अपनाउन सकिन्छ ।
(६) मिलेसम्म पफ्र्युम वा बोडी स्प्रे प्रयोग गर्नुहोस् । दुर्गन्धित भएर पार्टनरको छेउमा जानुभयो भने सुहाग रात झुर हुनसक्छ ।
(७) यो रात शरीरको मिलन मात्र नभएर मनको मिलन पनि हो । त्यसैले एकअर्काको भावना बुझेर मात्र शारीरिक कुरामा जानुभयो भने त्यो सबैभन्दा उत्तम हुन्छ ।
(८) लिंगको आकारकै कारण यौन सन्तुष्टि प्राप्त हुँदैन भन्ने नसोच्नुहो्स । धेरैमा यो बुझाइ रहेको पाइए पनि यो गलत हो ।