• ८ कार्तिक २०७७, शनिबार
सतहमा प्रदेश राजधानिको बहस
  • स्टुडियाे संवाददाता

बाँकेबाट निर्वाचित सांसदहरुले प्रादेशिक राजधानीका लागि बाँके सबैभन्दा उपयुक्त भएको भन्दै बाँकेलाई प्रादेशिक राजधानी बनाउन अन्तिमसम्म पहल गर्ने बताएका छन् ।

प्रादेशिक राजधानीसहित बाँकेको विकास र समृद्धिका सवालमा कोहलपुर नगरपालिका र कोहलपुर नगर विकास समितिले आईतबार कोहलपुरमा आयोजना गरेको अन्तरक्रियामा बाँके निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले नेपालको समग्र विकासको लागि संघीयताको आवश्यकता रहेको बताउँदै भौतिक पुर्वाधारको सम्पन्नताका हिसावले प्रदेश ५ को राजधानी बाँकै सबै भन्दा उपयुक्त रहेको बताए । उनले न्यायीक मुख्यालय दाङलाई बनाएर प्रदेशको राजधानी बाँकेलाई बनाउन आफु अग्रसर भईरहेको बताए ।

कार्यक्रममा बाँके क्षेत्र नम्बर २ का साँसद मो. इस्तियाक राईले कोहलपुर, नेपालगन्ज र खजुरा भनेर संघीयतालाई कमजोर बनाउनु भन्दा बाँके जिल्लाका सरोकारवाला निकायको आवाज एक हुन जरुरी रहेको बताए । उनले ५ नम्बर प्रदेशको सिमाङ्कन हेरफेर आवश्यक रहेको बताउँदै बाँकेलाई राजधानी बनाउन अन्तिमसम्म पहल पनि बताए । नेकपा एमालेका नेता सुर्य ढकालले सबैलाई पायक पर्ने भएकाले बाँके राजधानी हुनुपर्नेमा जोड दिएका थिए । उनले दाङलाई छोडेर बुटवल राजधानी बनाए प्रदेश नम्बर ६ मा जोडिनका लागि पहल गरिने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले संघीयताको व्यवहारिक प्रयोगको लागि र पश्चिम नेपालकै व्यापारिक तथा राजनितिक केन्द्रको रुपमा बाँके जिल्ला नै उपयुक्त भएकोले बाँकेलाई राजधानी बनाउनुपर्ने बताए ।

कोहलपुर नगरपालिकाका अध्यक्ष लुटबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरबिकास समितिका अध्यक्ष अबराज खड्काले ५ नम्बर प्रदेशको राजधानी बाँके जिल्लामा हुनुपर्ने तर्कसहित आधारपत्र प्रस्तुत गरेका थिए ।

  • २३ पुष २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech