• १५ कार्तिक २०७७, शनिबार
राष्ट्रियसभाका लागि २१ दल प्रतिस्पर्धी
  • स्टुडियाे संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्दैछ।

आयोगले दल दर्ताका लागि दिएको १५ दिनको समय शुक्रबार सकिदै गर्दा २१ वटा दलले राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि निवेदन दिएका हुन्।

निवेदन दिएका दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेका छन् ।

आयोगले निर्वाचनको कार्यतालिका समेत सार्वजनीक गरिसकेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ।

  • २८ पुष २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech