कार्टुन्ज क्रुका सरोजसँग रोमान्स गर्दै ऋषि धमला पत्नी एलिजा

एरिका फिल्मसको ब्यानरमा निर्माण हुँदै गरेको फिल्म ‘अनुराग’ को एक क्लब डान्स गीतको भिडियो छायांकन भर्खरै सकिएको छ ।

पछिल्लो केही बर्ष यता युट्युब मार्फत ख्याती कमाएका कार्टुन्ज क्रु का सरोज अधिकारी यो गीतमा फिचर भएका छन् ।

‘कान्छा दाइ गाना बजाईदेउ’ बोलको उक्त गीतको भिडियोमा टन्नै कोरस राखेर केही दिन अघिमात्र छायांकन सम्पन्न भएको हो । कार्टुन्जका सरोजले भिडियोमा फिल्मकी नायिका तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको हट अवतारमा मज्जैले रोमान्स गरेका छन् ।

बिक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आश गरिएको छ । गीतमा ताराप्रकाश लिम्बुको संगीत समाबेश छ भने तारा र ममता गुरुङको स्वर रहेको छ ।

फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन भने उनले ‘अनुराग’ बाटै फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा नव नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति :- ९ माघ २०७४, मंगलवार २३:१५