ओस्कार अवार्ड जित्न सफल ‘द शेप अफ वाटर’ फिल्मको कथा यस्तो छ

सम्भवतः वर्तमान विश्वको सबैभन्दा ठूलो लडाइँ पहिचान भएको छ । जहाँ आफ्नो पहिचानमाथि अकार्को पहिचान लागू गर्ने प्रयास गरिन्छ । मेक्सिकोदेखि लिएर भारको उत्तर–पूर्वमा गोरखल्याण्डको नाम खोज्नेहरु सम्मकालाई ।

फिल्मको माध्यमबाट यस्तो तरिकाले मेक्सिको निर्देशक गेएर्मो डेल टोरोको फिल्म ‘द शेप अफ वाटर’ फिल्मले ओस्कार अवार्डकोे सम्मान र उत्कृष्ट फिल्मको लागि वेस्ट फिल्मका ओस्कार अवार्ड जित्नु पनि स्वाभाविक हो ।

जसले यो फिल्म देखेका छैनन्, तिनीहरुले यो फिल्मको कथा के हो भनी प्रश्न उठाउनसक्छन् ।

‘द शेप अफ वाटर’को कथा
फिल्मको कथा १९६० को दशकको हो । जब सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । फिल्मको मुख्य क्यारेक्टर एलिसा (सैली हकिन्स) राम्रो छ । जो बाल्टिमोरको एक जासुस हाई सिक्युरिटी सरकारी ल्याब सफा गर्छिन् ।

यस ल्याबमा एलिसाको साथ जेल्डा (ओक्टेविला स्पेन्सर) पनि काम गर्छ । जेल्डाको बाहेक एलिसा पडोसमा रहने कलाकार जाइल्स (रिर्चड जेनकिन्स) लाई चिन्दछिन् । यी दुई जना मात्र एलिसाको आफ्ना हुन् । यी व्यक्तिहरुको अतितको कथाको झलक पनि कथामा पाइन्छ । जुन ल्याबमा एलिसा काम गर्छिन्, त्यहाँ एक वैज्ञानिक डाक्टर हाफस्टेटलर (माईकल स्टुलबर्ग) पनि छ । डाक्टर हाफस्टेटलर खासमा एक रुसी जासुस हुन्छ ।

फिल्मको पाँचौं महत्वपुर्ण क्यारेक्टर अर्थात् अरुभन्दा फरक छ । यो पाँचौं क्यारेक्टर ल्याबको एक ट्यांकीमा रहने जलीय जीव हो । यो भूमिका डग जोन्सले निभाएको छ । यसले जलीय जीवको जिन्दगीको र भावनाको सम्झिने बुझ्ने गर्दछ । फिल्ममा एक संवाद छ, जुन एलिसाले संकेतको माध्यमबाट गरेकी हुन्छिन् ।

जब ऊ मलाई देख्छ र उसले मलाई देखेर उसले जान्दैन कि ममा के कमी छ । कसरी म अधूरो छु । तर उसले मजस्तो छु त्यस्तै देख्छ जस्तो लाग्छ । यो जलीय जीवलाई एक नदीबाट आर्मी अफिसर (माइकल शैनन)ले ल्याएर बन्दी बनाएको हुन्छ । यस जीवको बारेमा फिल्ममा देखाइएको हुन्छ कि ऊ नदीको किनारमा बस्ने कबिलाको देवता हो । यो प्राणीमाथि प्रयोगशालामा अत्याचार गरिन्छ । यस जलीय जीवसँग एलिसाको निकटता बढेसँगै फिल्म अगाडि बढ्छ ।

एलिसा फिल्ममा जलीय जीवलाई बचाउने कोसिस गरिरहेको अवस्थामा देखिन्छिन् ।

प्रकाशित मिति :- २१ फाल्गुन २०७४, सोमबार १८:५९