ओस्कार अवार्डको घोषणा, द शेप अफ वाटरले जित्यो सर्वाधिक अवार्ड

विश्वको चर्चित फिल्म अवार्ड ओस्कार अवार्डको घोषणा भएको छ ।

१३ विधामा मनोनयन पाएको फिल्म द शेप अफ वाटरले ४ विधामा ओस्कार जितेको छ । द शेप अफ वाटरले यस बर्षको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइनमा ओस्कार जितेको छ । त्यस्तै बिलबोर्ड्स आउटसाइड्स इबिंग मिसौरी र डनकर्कले २-२ वटा विधामा ओस्कार जितेका छन् ।

यस बर्षको ओस्कार अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड फिल्म डार्केस्ट आवरका लागि अभिनेता गेरी ओल्डम्यानले जितेका छन् । त्यस्तै उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड भने फिल्म थ्री बिलबोर्ड्स आउटसाइड्स इबिंग मिसौरीकी अभिनेत्री फ्रांसेस म्याकडोरमेन्डले जितेकी छन् ।

ओस्कारमा फिल्म द शेप अफ वाटर यस बर्षको उत्कृष्ट फिल्म बनेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड पनि फिल्म द शेप ऑफ़ वाटरका निर्देशक गुलेरमो डेल टोरोले जितेका छन् । त्यसैगरी सह-अभिनेताको अवार्ड फिल्म थ्री बिलबोर्ड्स आउटसाइड्स इबिंग मिसौरीका लागि सम रोकवेलले जितेका छन् भने सह-अभिनेत्रीको अवार्ड फिल्म आई टोन्याका लागि अभिनेत्री अलिसन जेनीले जितेकी छन् । त्यस्तै उत्कृष्ट विदेशी भाषाको फिल्म अवार्ड फिल्म चिलीको फिल्म ए फेन्टास्टिक वूमेनले जितेको छ ।

लस एन्जेल्समा आयोजित ९०औ ओस्कार समारोहमा निधन भएका बलिवुडका अभिनेता शशी कपुर र अभिनेत्री श्रीदेवीलाई श्रद्धान्जली दिइएको थियो ।

प्रकाशित मिति :- २१ फाल्गुन २०७४, सोमबार १७:०३