इन्जिनियरिङकी छात्रा – अभिलाषा शर्मा (तस्विर)

१८ वर्षीया अभिलाषा शर्मा स्वाँर काठमाडौंकी स्थायी बासिन्दा हुन्, यद्यपि उनका पूर्खा पश्चिम नेपाल अछामका हुन् । टिनएजको अन्तिम चरणमा रहेकी अभिलाषामा केही रमाइला विशेषताहरू छन् । उनी सिभिल इन्जिनियरिङकी छात्रा हुन् । हिमालयन कलेज अफ इन्जिनियरिङमा बिई अध्ययनरत अभिलाषाले केही महिनाअघि काठमाडौंमा सम्पन्न सुपर मोडल सिजन–२ मा ‘सुपर मोडल’ को उपाधि जितेकी थिइन् । एकातिर इन्जिनियरिङको अध्ययन, अर्कातिर मोडलिङ गर्ने रहर । यी दुवै विधाको बीच उनी इमेज एफएममा समेत सुनिन थालेकी छिन् । अभिलाषालाई प्रत्येक मंगलबारदेखि शुक्रबारसम्म इमेज एफएमको रमाइलो कार्यक्रम म्युजिक एक्सप्रेसमा सुन्न पाइन्छ ।

‘म हरेक कुरामा पर्फेक्ट हुन चाहन्छु, ५ फिट २ इन्च अग्ली अभिलाषा भन्छिन्– सबैभन्दा पहिले त म भविष्यको इन्जिनियर हुँ भन्ने कुरा बिर्सन्न । त्यसैले अध्ययनलाई जहिले पनि प्राथमिकतामा राख्छु ।

प्रकाशित मिति :- २४ फाल्गुन २०७४, बिहीबार १७:२०