मर्नुभन्दा ठीकअघि के सोच्छ होला मान्छेको दिमागले ?

मर्ने समयमा कसैको दिमागमा के हुन्छ होला ?

कसैसँग यसबारेमा सटिक जानकारी छैन । वैज्ञानिकहरूलाई केही जानकारी अवश्य छ । तर यो सवाल अन्ततः एक खोजको विषय बनेको छ ।

यद्यपि हालसालै केही वैज्ञानिकहरूले एक यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युका तन्त्रिका विज्ञानका बारेमा ध्यान दिन योग्य जानकारी पाएका छन् । यो अध्ययन बर्लिनको चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकहरूले जेन्स द्रेयरको नेतृत्वमा गरेका हुन् ।

यसका लागि वैज्ञानिकहरूले केही बिमारीको तन्त्रिका तन्त्रको सूक्ष्म अध्ययन गरेका हुन् । यसका लागि उनीहरूका परिवारबाट अनुमति मागेका थिए ।

यिनीहरू ठूलो सडक दुर्घटनामा घाइते भएका अथवा स्ट्रोक र कार्डिएक अरेस्टको शिकार भएका थिए । वैज्ञानिकहरूले के थाह पाए भने पशु र मानिस दुवैको दिमाग मृत्युको समयमा एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ, जब दिमागको काम काजको अप्रत्यक्ष रूपमा बहाली हुन सक्छ ।

यही यस अध्ययनको अन्तिम उद्देश्य थियो । केवल मृत्युको समयमा दिमागको निगरानी गर्नु मात्र होइन, उसको जीवनको अन्तिम क्षणमा मृत्युबाट कसरी बच्न सकिन्छ भन्ने बुझ्नका थियो ।
जुन हामी पहिलादेखि नै जान्थ्यौँ ।

यी वैज्ञानिकहरूको शोधभन्दा पहिला ‘ब्रेन डेथ’को बारेमा हामी जति जान्दछौँ, त्योभन्दा बढी जानकारी हामीले पशुहरूमा गरेको प्रयोगबाट मिल्यो ।

हामीलाई थाह हुन्छ मृत्युको समयमा शरीरमा खुनको प्रवाह रोकिन्छ र यसका लागि दिमागमा अक्सिजनको कमी हुन्छ ।

सेरेब्रल इस्किमया नामको यस्ता स्थितिमा आवश्यक रासायनिक अवयव कम हुन्छ र जसले दिमागमा ‘इलेक्ट्रिकल एक्टिविटी’ पूर्णरूपमा सकिन्छ ।

के मानिन्छ भने दिमाग शान्त हुने यो प्रक्रिया यसकारण प्रयोगमा आउँछ, भोका न्युरान आफ्नो ऊर्जा संरक्षित गर्छन् । तर मृत्यु हुन केही समय मात्र बाँकी हुने भएकाले उनको संरक्षित ऊर्जा कुनै काममा आउँदैनन् ।

सबै मुख्य आयन दिमागका कोशिकाहरूलाई छोडेर अलग हुन्छन् । जसमा एडेनोसिन ट्राइफास्फेटको आपूर्ति कमजोर पर्छ । यही कारणले जटिल जैविक रसायन हो, जुन पूरा शरीरमा ऊर्जाको स्टोर गर्छ र त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ ।

यसपछि टिभ्यु रिकभरी हुन सम्भव हुँदैन ।

मानिसमा………..

तर वैज्ञानिकहरूको टिम मानिसको सम्बन्धनमा यस प्रक्रियालाई अझै गहिरोसाथ बुझ्न चाहन्छन् । यसकारण उनले केही बिमारीहरूको दिमागको न्युरोलोजिकल गतिविधिहरूको निरीक्षण गरे । डाक्टरहरूको तर्फबाट बिमारीहरूको इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोगले बेहोसीबाट फिर्ता ल्याउने कोशिश नगरियोस भन्ने निर्देशन दिइएको थियो ।

वैज्ञानिकले पत्तालगाए कि नौमध्ये आठ जना बिमारीको दिमागको कोशिकाहरू मृत्युलाई रोक्ने कोशिश गरीरहेका थिए । उनले पत्ता लगाएकी मुटुको धडकन रोकिएपछि पनि दिमागको कोशिकाहरू र न्युरोन काम गरिरहेको थियो ।

न्युरोनले काम गर्ने प्रक्रिया के हुन्छ भने त्यो आवेशित आयन्सले आफूलाई भरछ र आफूर आफ्नो वातवरणको बीचमा विद्युत असन्तुलन बनउँछ । यसबाट सानो झट्का उत्पन्न गर्न सक्षम हुन्छ । वैज्ञानिकहरूका अनुसार यो विद्युत असन्तुलन बनाउनु निरन्तर गरिने प्रयास हो ।

यसका लागि यी कोसिकाहरू सञ्चालित रगतको प्रयोग गर्छन् र त्यसबाट अक्सिजन र रासायनिक ऊर्जा प्राप्त गर्छन् । वैज्ञानिकका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रभाह बन्द हुन्छ त अक्सिजन पाउँदैन त न्युरोन ती छोडिएका संसाधनहरूलाई जम्मा गर्ने कोसिस गर्छन् ।

यद्यपि यो विस्तार नफैलिएर नै पूरा दिमागमा एक साथ हुन्छ, यसलाई ‘अनडिस्पस्र्ड डिप्रेसन’ भनिन्छ । यसपछिको अवस्था ‘डिपोलराइजेसन अफ डिफ्युजन’ भनिन्छ, जसलाई बोलचालको भाषामा ‘सेरब्रल सुनामी’ भन्छन् ।

इलेक्ट्रकैमिकल व्यलेन्सका कारणले दिमागको कोशिकाहरू नस्ट हुन्छन्, जसको खास मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । यसपछि मानिसको मृत्यु हुन्छ ।
तर अध्ययन भन्छ आज मृत्यु जति अटल छ भविश्यमा पनि त्यस्तै रहन आवश्यक छैन ।

जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलराइजेसनले कोशिकीय परिवर्तनको सुरुवात हुन्छ र त्यसपछि मृत्यु हुन्छ तर यो आफैमा मृत्युको क्षण होइन किनभने डिपोलराइजेशनमा ऊर्जाको आपूर्ति गरेर फर्कन सक्छ ।’

यद्यपि यसलाई प्रयोगमा ल्याउन धेरै शोधको आवश्यकता छ । द्रेयर भन्छन्, मृत्युझैँ यी तन्त्रिकासम्बन्धी पक्ष पनि गाह्रो घटना हो, जससँग जोडिएका प्रश्नको सजिलो उत्तर छैन ।

प्रकाशित मिति :- २९ फाल्गुन २०७४, मंगलवार १८:३९