विमान दुर्घटनाअघि पाइलट-टावर के सम्वाद भयो? (अडियो सहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना अघि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटीसी) बीच भएको सम्वाद सार्वजनिक भएको छ।

सो अडियो सम्वादअनुसार पहिला पाइलटले रनवे २० अर्थात दक्षिणतर्फबाट अवतरण गर्न खाेजेका हुन्छन्। पछि एटीसीले बीएस २११ सो उडानलाई रनवे जेरो टु अर्थात् उत्तरतर्फबाट अवतरण गर्न निर्देशन दिन्छन्।

यो बीचमा चालक अलमलमा परेको अडियोबाट पुष्टि हुन्छ। जहाज अाकाशमा घुमिरहँदा एयर ट्राफिक कन्ट्राेल कर्मचारीबीच बीएस २११ बारे यस्ताे कुराकानी हुन्छ:

एटिसी-१ ‘याे २०-२० (अर्थात् दक्षिणतिरै) अलमलिएजस्ताे छ।’

एटिसी-२ ‘याे डिसअाेरिएन्टेड भएजस्ताे लाग्याे।’

एटिसी-१ ‘यसलाइ रडार… गरेर उता पठाउनु पर्छ जस्ताे है। याे कता जाल। यसकाे सर्ट अाउटिंग डाँडाकाँडामा त्यति राम्राे छैन है।’

उत्तरतर्फबाट अवतरण गर्ने प्रयास गर्दा बाटोमा अर्को जहाज देखिएको सम्वाद अडियोमा छ। अर्को जहाजलाई ठक्कर दिनबाट जोगाउँदा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको हुनसक्ने एटिसी-पाइलटबीचकाे याे सम्वादले पुष्टि गर्छ।

सम्वादकाे अडियाे सुन्नुहाेस् :

प्रकाशित मिति :- २९ फाल्गुन २०७४, मंगलवार १८:४५