रेशम चौधरीले अनसन तोडे, वीर अस्पतालमै पुगेर गृहमन्त्रीले खुवाए जुस

संसदको सपथ खान पाउनुपर्ने र आफु बिरुद्धको मुद्दा फिर्ताको माग सहित अनशनरत रेशम चौधरीको गृहमन्त्री रामबहादुर थापाको हातबाट जुस खाँदै अनसन तोडेका छन्।

चौधरीको अनसन तोडाउनको लागि गृहमन्त्री थापा आफै वीर असपताल पुगेका हुन्।

अनसन तोडेपछि गृहमन्त्री समक्ष चौधरीले आफु दोसी नरहेको दावी गरेका छन्। गृहमन्त्रीलार्इ चौधरीले घटनाको बेला आफु बर्दियामा रहेको समेत जानकारी दिए।

गृहमन्त्री थापासँगै राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महताे पनि अस्पताल परेका थिए। एसएसपीसहित ७ सुरक्षाकर्मी हत्या आरोपमा फरार रहेका चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

घटना भएको ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी हाल थुनामा बन्दी अवस्थामै अस्पतालमा भर्ना छन।

टिकापुरको घटनाका मुख्य आरोपी रेशम चौधरी गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ बाट विजयी भएका थिए। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाव लडेका थिए।

प्रकाशित मिति :- २ चैत्र २०७४, शुक्रबार २१:४५