महिला स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि तालिम

कोहलपुर क्षेत्रमा रहेका महिला स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि तालिम प्रदान गरिएको छ ।

आयुर्वेद औषधालय कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला स्वयंसेविकाहरुलाई तालिम प्रदान गरिएको हो ।

२ दिनसम्म संचालन भएको तालिममा आयुर्वेद औषधालयले प्रवाह गर्ने सेवा र स्थानिय जडिबुटिहरुको बारेमा जानकारी दिईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।

२ चरणमा संचालन गरिएको तालिममा कोहलपुर नगर क्षेत्रभित्रका ७१ जना महिला स्वयंसेविकाहरुलाई पहिलो पटक आयुर्वेद औषधी र त्यसको प्रयोग बिधिका बारेमा जानकारी दिएको श्रेष्ठले बताए ।

तालिम लिईसकेपछि स्वयंसेविकाहरुले आयुर्वेदका सम्बन्धमा थप ज्ञान हासिल भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति :- ३ चैत्र २०७४, शनिबार १६:२१