प्रिय नीर, एकला चलो रे !

ऊ : हमारे पास नसिरुद्धिन शाह है । तुम्हारे पास क्या है ?
म : हमारे पास भी नीर शाह है ।

प्रिय नीर शाह
आदाब !

तिमीलाई मैले ३३ वर्षअघि सन् १९८५ को एक रमणीय शरद–साँझमा पहिलोपटक भेटेको थिए । घर–परिवारदेखि धेरै टाढा दाङको पुलिस स्कुलको होस्टेलमा बस्ने म एक अर्ध–अनाथ बच्चो थिए । त्यो वर्ष दसैँको एकमहिने छुट्टीमा मलाई लिन बुबा आउनुभएको थियो ।

बजारको लजमा बस्यौँ । र, साँझमा राप्ती चलचित्र मन्दिरमा फिल्म हे¥यौँ । उहाँले यो मनोकांक्षालाई ब्ल्याकमा टिकट काटेर पूरा गर्नुभयो । मनोकांक्षाको सन्दर्भमा बुबा पुलिस भईकन पनि यदाकदा फुलिस बन्न रुचाउने प्राणी हुनुहुन्थ्यो ।

तिमीलाई थाहै छ, उहिल्यै–उहिल्यै सिनेमा हललाई चलचित्र मन्दिर भनिन्थ्यो । चलचित्र ‘मन्दिर’सित असीम दिव्यता र पवित्रताको एक होलिस्टिक भाव गाँसिएको थियो । अचेल त्यो दिव्यता प्लस पवित्रता मोडर्न मल्टिप्लेक्सहरूमा कहाँ पाउनू ?

त्यो साँझ हामी बाबुछोराले हेरेको फिल्म थियो, कुसुमे रुमाल । तिमीलाई मैले पहिलोपटक भेटेको त्यही मन्दिरमा हो । वास्तवमा तिमी मन्दिरमा भेटिएका कलाकार हौ । बुबालाई तिम्रो वासुदेव खुब मन पथ्र्यो । किनभने, त्यो फिल्ममा तिम्रो नाम ‘कुमार’ थियो । र, कुमार उनको प्रिय पुत्रको नाम थियो । मलाई पनि वासुदेव मन पर्छ किनभने त्यहाँ महाकवि देवकोटाको अलौकिक गीत छ, कुन मन्दिरमा जान्छौ यात्री… ।

अचम्म ! तिमी पिता–पुत्र दुवैका फेभरेट थियौ । तिमीलाई चिनेको ठ्याक्कै १० वर्षपश्चात् सन् १९९५ को एक साँझ मैले बुबालाई पाटनको चलचित्र मन्दिरमा तिम्रो प्रेमपिण्ड देखाउन लगेको थिए, ब्ल्याकमा । यसरी तिम्रै प्रेमको खातिर हामी पिता–पुत्र इतिहासमा ‘दुबारा’ ब्ल्याक–लिस्टेड भएका थियौ“ । त्यो रात बुबाले डेरामा भन्नुभएको कुरा हिजैजस्तो लाग्छ, ‘कुमार ! कुनै दिन नीर शाहलाई भेटिस् भने उनलाई मेरो प्रेम सुनाइदिनू । यो मान्छे नेपालको असल कलाकार हो । मेरो हिरो हो ।’

प्रिय नीर !  तिमीलाई ज्युँदोजाग्दो भेट्ने कुरा मेरा निम्ति फगत एक मृगतृष्णा थियो । आकाशको फल आँखा तरी मरजस्तो थियो । तर, एक दिन कालो पोथी फिल्मको प्रिमियर सोमा संयोगवश तिमी मेरो अघिल्तिरको लहरमा बस्न आयौ । तिमीसँग कुरा गर्न मलाई संकोच लाग्यो । तर, आश्चर्य, फिल्मको अन्त्यपछि मतर्फ फर्कंदै तिमीले भन्यौ, “नमस्कार कुमारजी ! म तपाईंको फ्यान नीर शाह ।” अक्क न बक्क पर्दै मैले हात मिलाए“ । तिम्रो विनम्रताको नतमस्तक भए“ । साँच्चि भन्छु, मलाई तिम्रो रोयल ब्याकग्राउन्डको सो–कल्ड प्रभावशाली पर्सोनाले कहिल्यै खिचेन । तिमी नेपाल टेलिभिजनको संस्थापक र हाकिम भयौ, जसलाई मैले बाल दिइन“ । हाकिम होइन, तिमी त बरू हकिम हौ । हकिम अर्थात् वैद्य–चिकित्सक ।

नेपाली चलचित्र बिरामी पर्दा तिमीजस्तै हकिमहरूको खाँचो हुन्छ, न कि ‘हाकिमहरूको । केही महिनाअघि ओस्कार कलेजको कार्यक्रममा तिमीसित दोस्रो भेट भएको थियो । कार्यक्रममा तिमीले मेरो सट्टा पनि बोलेका थियौ । मेरो लेखनशैली र किताबहरूबारे चर्चा गर्दै भनेका थियौ, “मेरो धेरै मानिसहरूसित भेटघाट हुन्छ । अनेकसित उठबस हुन्छ । तर, केहीबेरमै उनीहरूलाई बिर्सन्छु, उनीहरूको अनुहार–नाम बिर्सन्छु । तर, कुमार नगरकोटी एउटा यस्तो मान्छे हो, जसलाई म कहिल्यै बिर्सन्न“ । किनभने, नगरकोटी मेरो मन–मन्दिरमा छ ।

” हल तालीले गुञ्जिदा म भावविह्वल भएको हु“ । साहित्यप्रतिको तिम्रो लगाव र प्रेमभाव देखेर मेरो शिर नुहेको हो । तिमी कति आत्मीय रहेछौ भनी महसुस गरेको हु“ । तिमी मन ‘मन्दिरमा भेटिएका आत्मीय मान्छे हौ, हितैषी हौ, कलाकार हौ र मेरो बाल्यकालदेखिका ‘साथी’ हौ । तिमी मेरो मनमा हुर्केको पासा र अमिगो हौ ।

अन्ततः त्यो दिन मैले तिमीलाई बुबाको प्रेम–सन्देश सुनाए“ । उहाँका शब्दहरू तिमीलाई भने“, “कुमार ! कुनै दिन नीर शाहलाई भेटिस् भने उनलाई मेरो प्रेम सुनाइदिनू । यो मान्छे नेपालको असल कलाकार हो । मेरो हिरो हो ।” सुनेर तिमी प्रसन्न भयौ । बुबा अचेल कहाँ हुनुहुन्छ भनी तिमीले सोध्दा मैले आकाशतिर हेरे“ । तिमीले पनि आकाशतिरै हे¥यौ ।

सहरमा सेलिब्रिटीहरूको बिगबिगी छ । तिमी भने अचेल मौन, अलुफ र चुपचाप छौ । पत्रिका, टेलिभिजन र फिल्महरूको संसारदेखि पनि टाढा कतै एकान्तवासमा छौ । विकिपिडियामा समेत तिम्रो जन्ममिति गलत लेखिएको छ । त्यसलाई सच्याउनू । कोही आउला भनी कसैलाई व्यर्थमा किन पर्खिबस्नू,  बरू, उठ्नू र हिँड्नू । गहिराइमा मोती खोज्ने मान्छे तिमी, अझ डुब्नू र खजाना खोज्नू । बादल बनाइदेऊ आकार बदल्न सकूँ, क्षमता दिलाइदेऊ ज्युदै म जल्न सकूँ भन्दै चलचित्रको तीर्थयात्रामा हिँडेको पथिक हौ तिमी ।

हिडिरहनू, बस् हिडिरहनू ।  चरैवेति ! चरैवेति !

प्रिय नीर !
खुदा हाफिज ।

प्रकाशित मिति :- ११ चैत्र २०७४, आईतवार १४:०९