अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ ।

चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ । गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर पूरा गर्न बर्सेनी सयौं स्वदेशी तथा विदेशी हिमाली क्षेत्रको पाहुना हुन पुग्छन् । पोखरा निर्वाचनमय बनिसकेको थियो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पारो चढ्दै छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनले कास्कीलाई छपक्कै छोपिसकेको थियो । तर, चुनावी माहोलकाबीच केही दिनअघि एकहुल युवा भने हिमाल छुन निस्किए । पोखराबाट उत्तर हेर्नेलाई आभास हुनसक्छ, म हिमालमै छु । उतिबेलै हिमाल पुगेर हिँउ खेल्न पनि सकिन्छ, कल्पना गरेर । तर, यसपटक हिमाल छुन निस्केका युवाले १५/२० मिनेटमै हिमाल छुन पाए । त्यो कल्पनामा थिएन, यथार्थमै थियो ।

कम समयमा पनि हिमाल पुगेर हिँउ खेल्ने चाह भएका व्यक्तिले हिमालको माथिमाथिबाट दृश्यावलोकन गर्दै अब १५/२० मिनेटमै अन्नपूर्ण बेसक्याम्प पुग्न सक्ने भएको छ । यो सेवा सिम्रिक एयरको हेलिकप्टरले पूरा गरेको छ भने पोखरा हेलिसर्भिसले छोटो समयमा हिमालमा रमाएर फर्कने इच्छालाई पूरा गर्न सघाएको छ ।

स्राेत : अनलाइन खबर

प्रकाशित मिति :- १९ मंसिर २०७४, मंगलवार १४:१९