राम्ररी सुत्न १.५ घण्टावाला सुत्र अपनाऔं

तपाईलाई कतै राम्ररी सुत्न कठिनाई त भइरहेको छैन ? वा तपाई आवश्यक मात्रामा सुत्न पाउनुभएको छैन ? मानिसलाई प्रयाप्त मात्रामा सुत्नुपर्छ । राम्ररी सुत्न पाउनुभएको छैन भने वा राम्ररी प्रयाप्त घण्टा सुत्न पाउनुभएको छैन भने बेलैमा सोच्नु तपाईको लागि हितकर छ । नत्र पछि पछिताउनुपर्ला है । सावधान हुनुहोस् ।

राम्रो निन्द्राको लागि १.५ घण्टाबाला Formula अपनाउनुहोस् (1.5 Hours Formula for Good Sleep)
राम्ररी आरामले चैनले को पो सुत्न चाहदैन ? राम्रो निन्द्रा शरिरको लागि अत्यावश्यक चीज हो । मान्छे यदि राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ । निन्द्राले शरिरलाई आराम दिदैन, मानसिक रुपले पनि relax गरिदिन्छ । यसले मानसिक तनावलाई कम गरिदिन्छ । तर भागदौडले भरिएको जिन्दगीमा मानिसहरुको लागि राम्रो निन्द्राले सुत्न पाउनु धेरै नै मुश्किल हुने गरेको छ । दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ ।

उमेर अनुसार निन्द्राको घण्टा (Sleeping hours accordingly to age of human)
वृद्ध वृद्धाहरुले २४ घण्टामा कति घण्टा सुत्नु आवश्यक छ त यसरी हरेक मानिसलाई निन्द्रा आवश्यक भएपनि उमेर अनुसार यति घण्टा वा उति घण्टा सुत्नु आवश्यक हुन्छ । हरेक उमेरमा निन्द्राको जरुरी अलग अलग किसिमले हुन्छ । बच्चाको जन्मदेखि लिएर एक वर्षो उमेरसम्म करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । जन्मदेखि लिएर एक वर्षो उमेरसम्मको बच्चाले यदि करिब १५ – १६ घन्टा सुत्छ भने उसको मस्तिष्कको विकास उचित तवरले हुन्छ ।
गर्भवती महिलालाई रातीमा ७ घण्टा बाहेक दिनमा एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ । वयस्कहरुलाई 6- 8 घण्टा सुत्नु आवश्यक छ । हुन त यस उमेर मानिसहरु गइसकेपछि निन्द्रा कम लाग्ने हुन्छ वा निन्द्रा नै लागिरहेको हुदैन । किनकी मानिस वयस्क भइसकेपछि बढिरहेको उमेरमा मेलाटोनिन जस्तो हार्मोन कम निस्किन्छ, यसैले ज्येष्ठ नागरिकहरुलाई निन्दा नआउनुको समस्या हुने गर्छ । तर पनि ज्येष्ठ नागरिक वा वृद्ध वृद्धाहरु कमसे कम ९ घण्टा सुत्नु आवश्यक छ ।

प्रकाशित मिति :- ९ आश्विन २०७५, मंगलवार ००:५२