पाकिस्तानको मेथोडिस्ट चर्चमा आत्मघाती आक्रमण

पाकिस्तानको मेथोडिस्ट चर्चमा आत्मघाती बम र बन्दुक आक्रमण हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ।

अफगानिस्तानसँगको सीमाभन्दा झण्डै ६५ किलोमिटरको दूरीमा रहेको क्वेटा शहरमा उक्त आक्रमण भएको हो। टीसर्टमा विस्फोटक पदार्थ बोकेर एउटा भवनमा एक बन्दुकधारी प्रवेश गर्न खोज्दा दर्जन बढी घाइते भएका छन्।

दुई आक्रमणकारी प्रवेशद्वारमा समातिएका बताइएको छ। एक आक्रमणकारी बमसहित र अर्का बन्दुकसहित पक्राउ परेका हुन्। सुरक्षाकर्मीले उक्त क्षेत्रमा व्यापक खोजी कार्य जारी राखेको बताइएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले उक्त आक्रमणको घोर भत्र्सना गरेका छन्। घटनामा मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले पाकिस्तान आतंकवादविरुद्धको आफ्नो अभियानबाट यस्ता घटनाका कारण पछि नहट्ने पनि बताएका छन्।

सुन्नी मुसलमान बहुल क्षेत्रमा यस्ता आक्रमण हुनु अनौठो भने होइन। हजरा सिया मुसलमानहरूले प्रायः आत्मघाती बम आक्रमण गरिरहेकै हुन्छन्। तर पाकिस्तानमा रहेका अल्पसंख्यक क्रिश्चियन समुदायसमेत बारम्बार यस्ता आक्रमणको सिकार भइरहेका छन्। यसै कारण सुरक्षाकर्मी उक्त चर्च आसपास राखिएको छ।

बलोचिस्तान प्रान्त आफैँमा विभिन्न धार्मिक र पृथकतावादी समूहको आवास बनिरहेको छ, जसमध्ये केही अफगानिस्तानको सीमाबाट आउने गरेका छन्।

प्रकाशित मिति :- २ पुष २०७४, आईतवार १७:२९