प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक ( भिडियो सहित)

बलिउड नायिका प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दुई भाई-बहिनीका लागि एक बालकले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ। उक्त फिल्ममा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको अभिनय रहेको छ।

यो फिल्मले नेपालमा १० वर्षे जनआन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथालाई वाचन गरेको छ।यो फिल्म आगामी ७ डिसेम्बरबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति :- ७ मंसिर २०७५, शुक्रबार ०१:०७