कविता : मेरो मृत्यु पछि . . .

मेरो मृत्यु पछि . . .
आखामा राखेर बल्दिनु एउटा दियो
भिजाईदिनु छातिलाई प्रेमको जलले
र लगाईदिनु पैतालामा एक जोडी चप्पल

मेरा पाकेटहरु छाम्नु
न्याना सपनाहरु भेटिनेछन
मेरा आखाहरु हेर्नू
गहिरा अनुभुतीहरु भेटिनेछन
मेरो ओठहरु जाच्नु
अधरका डामहरु भेटिनेछन
मेरो कपालहरु पढ्नु
औलाका स्पर्शहरु भेटिनेछन
अचेल नभेटिने त म मात्र हु
स्वयम् बिलाई गएको छु,
म आफै भित्र भित्रै

ओईलाएर रहरको फूल
उदांगो भएको छ सपनाको किस्ती
खोसीएर मखमलि आवाज
खाली भएको छ अक्षरको बर्णमाला
सुकेर आकाक्षाका रुखहरु
बन्जर बनेको छ छातिको वगैचा
कुल्चेर निर्दयी पैतालाहरुले
पटपटि फुटेको छ सिसाको बाटो
खोसिएर आशाको उज्य्यालो
उदाउन थालेको छ अध्यारो पुर्वबाट

मेरो मृत्यु पछि . . .
आखामा राखेर बल्दिनु एउटा दियो
भिजाईदिनु छातिलाई प्रेमको जलले
र लगाईदिनु पैतालामा एक जोडी चप्पल

थकानको आगोले पोलिएका छन आँखाहरु
समेट्दा समेट्दै अरुलाइ सपनामा
अंगार बनेका छन् नानिहरु
हुर्काउदा हुर्काउदै अरुको रहर
मरुभुमि बनेको छ आफ्नै छाती
कुद्दा कुद्दै अरुको सर्कसमा
मृत, मृत प्रया: छन पयरहरु
म आफै छैन, मैले हेरेको दृश्यमा
मेरो आफ्नै सुर छैन, मैले गाएको भाकामा
मेरो आफ्नै कथा छैन, मैले पढेको व्यथामा
मेरा आफ्नै कदम छैनन्, मैले हिडेको यात्रामा

म चाहन्छु,
आँखाहरु आफ्नै सपना देखुन
पैतालाहरु आफ्नै गोरेटो हिडुन
छातिमा आफ्नै रहर पलाउन
भाकामा आफ्नै सुर होस्
व्यथामा आफ्नै कथा होस्
यात्रामा आफनै कदम होस्

मेरो मृत्यु पछि
फेरी जगाउन सपनाको भोक,
आखामा राखेर बल्दिनु एउटा दियो
फेरी पलाउन रहरको बोट,
भिजाईदिनु छातिलाई प्रेमको जलले
र हिड्नलाई आफ्नै बाटो
लगाईदिनु पैतालामा एक जोडी चप्पल

मेरो मृत्यु पछि.…
मनाउनु एउटा उत्सब !!!

प्रकाशित मिति :- २२ माघ २०७५, मंगलवार ००:३८