राजबिराजमा एक युवाले गरे आत्महत्या

 

सप्तरीको सदरमुकाम राजविराजस्थित आफनै डेरामा एक युवाले आत्महत्या गरेको छ । ह्यापील्याण्ड सेकेन्ड्री स्कूल राजबिराजमा कक्षा ९ मा अध्ययनरत एक युवकले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका – ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय गौतम यादव बुधवार आफ्नै डेरामा पंखाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी बिधालय करिब दुई सतादेखी पढ्न गएका थिएनन । के कारणले बिधालय नगएको भन्ने खुल्न सकेको छैन । मृत्क गौतमले राजविराज – ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए ।

यता जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले स्थानीय सङ मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ ।

तस्बिर : राजबिराज

प्रकाशित मिति :- २९ फाल्गुन २०७५, बुधबार २०:४१