बोदेबर्साइन–विष्णुपुर सडकमा ट्याक्टर पल्टिँयो, चालकको मृत्यु

 

सप्तरीको भित्री सडक खण्ड बोदेबर्साइन–विष्णुपुरमा आफै अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका २ मा पर्ने उक्त सडक खण्डमा ट्याक्टर पल्टिँदा आज शुक्रबार साढे १२ बजे घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

स१त २२६६ को खाली ट्क्याटर आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिँदा घाइते भएका बोदेबर्साइन नगरपालिका ४ घर भएका चालक २४ वर्षीय प्रमोद राउतको उपचारको क्रमा लहानमा मृत्यु भएको हो।

ट्याक्टर पल्टिँदा च्यापिएर टाउको तथा शरीरका अन्य भागमा गम्भीर चोटपटक लागेका राउतलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति :- १ चैत्र २०७५, शुक्रबार १८:२९