पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा छिन्नमस्ता शक्तिपिठको दर्शन 

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सप्तरीको छिन्नमस्ता शक्तिपिठ दर्शन गरेका छ्न ।  अहिले मधेस भ्रमणमा छन् । उनी आइतबार सप्तरीको छिन्नमस्ता मन्दिर दर्शनका लागि पुगेका थिए  । त्यसअघि उनी शनिबार उदयपुरको गाइघाट, जनकपुर र सर्लाहीमा धार्मिकस्थलको भ्रमण सकी सर्वसाधारणसँग भेट गरे ।

राजविराजस्थित अदालत रोड हुँदै छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवतीको दर्शनका लागि हिँडेका शाहलाई सर्वसाधारण तथा शिवसेनाका स्वयंसेवकहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए।

पूर्वराजाले मधेस भनिएको स्थललाई ‘तराई’ भनी सम्बोधन गरेका छन् । उनले मधेस मानेका छैनन् । सो क्रममा उनका भ्रमणमा देखिएका केही रोचक पक्ष यस्ता पनि छन् ।

उनको भ्रमण कुनै सभा वा सम्मेलनमा भाषण गर्ने नभई मन्दिर र धार्मिक स्थलको दर्शनसँग जोडिन्छ । पूर्वराजा ज्ञानेन्द्र सप्तरी भ्रमणपछि पर्सा जाने कार्यक्रम रहेको छ । यसपछि उनी परिवारका अन्य सदस्यसहित पश्चिम भारतको भ्रमणमा निस्कनेछन् । झापा हुँदै उनी पश्चिम बंगाल, सिक्किम, मुम्बई र नयाँ दिल्लीसम्म पुग्ने उच्च स्रोतको दाबी छ ।

प्रकाशित मिति :- ३ चैत्र २०७५, आईतवार १९:५२