गिट्टी कुट्दै गरेको चौधरीलाई भालुको आक्रमण

उपचाररत घाईते चौधरी ।

सप्तरीको फत्तेपुर स्थित अ्माहा खोलामा एक जान कामदारलाई भालुले आक्रमण गर्दा घाइते भएको छ ।

सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थितको जङ्गलमा भालुको आक्रमणमा परि ५५ का मोतिलाल चौधरी गम्भीर घाइते भएका छन् ।

चौधरी फत्तेपुरमा रहेको अमाह खोलामा गिट्टी कुट्दै आएको थियो । भालुले आक्रमण गर्दा उनको आँखामा गम्भीर चोट लागेको छ ।

घाइतेलाई फत्तेपुर पोलिकिल्निकमा प्राथमिक उपचार गरि बिराटनगर लगेको जनाएको छ ।

प्रकाशित मिति :- ४ चैत्र २०७५, सोमबार ०५:५०