पुनःर्निर्माणका प्राबिधिकहरु आन्दोलित : कार्यालयहरुमा सिलबन्धी तथा तलाबन्धि

बि.स.२०७२ साल बैशाख १२ गते आएको बिनाशकरी महा भुकम्पमा विभिन्न ३४ जिल्लामा भुकम्प पिडितहरुलाई मलहम लगाउन खटिएका ईन्जिनियर ,सब ईन्जिनियर र असिस्टेन्ट सब इन्जिनियरहरु आन्दोलित भएका छ्न ।

“राष्ट्रिय पुननिर्माण प्राधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति” गठन गरि घोषणा गरेको चरणबद्ध आन्दोलन सुरु गरिएको छ । २०७३ साल देखि दिदै आएको प्रोत्साहन भत्ता निरन्तरता दिनु पर्ने माग राखदै ३४ जिल्लामा आन्दोलन सुरु गरिएको हो । यसै क्रममा ३४ जिल्लामा तलाबन्धी समेत गरेको छ ।

यता सोमबार ३२ जिल्लाकै साथीहरूले एक्यवद्धता जनाइरहेको अवस्थामा  जिल्ला आयोजना कार्यवन ईकाई काठमाडौं र ललितपुरमा पुनर्निर्माणसँग सम्बन्धित कामकाज हुने सम्पूर्ण फाँटमा सिलबन्दी गरिएको हकहित संरक्षण समितिले जनाएको छ ।

यसैगरी पुनर्निर्माणको महान अभियानमा खटिएका प्राबिधिक हरुको माग सम्बोधन गर्न नेपाल इन्जिनियरिङ्ग एसोसिएसनले पुनः निर्माण प्राधिकरणलाई पत्राचार समेत गरेको छ ।

आन्दोलनमा होमिनु हुने देश भरिका हजारौं प्राविधिकहरूको आन्दोलनका सम्पूर्ण मागहरू पूरा गराउनका लागि आगामी चैत १० गते केन्द्रीय आन्दोलनको लागि काठमाडौं भेला हुन जनाएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षको असारमसान्त सम्म भूकम्प प्रभावित जिल्लामा कार्यरत प्राविधिकहरुलाई कार्यक्षेत्रमा खटिदा भौगोलिक भत्ता  २५ प्रतिशत, ५० प्रतिशत प्रोत्साहन भत्ता र माशिक ३ हजार यातायात र सञ्चारका नाममा सुविधा दिँदै आएको थियो ।

फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो वर्ष उपलब्ध गराउँदै आएको सुविधालाई कटौती गर्दै साउन देखि माघ सम्मको रकम नदिने र फागुन देखि मात्रै महिनाको ८० घण्टा अर्थात ५० प्रतिशत प्रोत्साहन भत्ता मात्रै उपलब्ध गराउने निर्णय गरेसँगै प्राधिकरण अन्तर्गतका निजी आवास र शैक्षिक संस्थाको पुनर्निर्माणमा खटिएका ३२ जिल्लाका ४ हजार प्राविधिकहरु आफूले खाइपाइ आएको सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति :- ५ चैत्र २०७५, मंगलवार ००:३८