सप्तरीका अजित यादव ‘स्वर्ण पदक’ पाएपछि प्रदेश सरकारद्वारा  ५ लाख प्रदान

 

सप्तरीका अजित कुमार यादव अहिले निकै भाइरल भएको छ । अजितले हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक ल्याएपछि अहिले जिल्लावासी माँझमा उनी एकाएक चर्चित भएका छन् । समाजिक संजाल फेस्बुक देखि टुईटरमा सप्तरी वासी तथा मात्रीमण्डल लगायतले शुभकामना सन्देश दिएका छ्न ।

स्वर्ण पदक विजेता सप्तरीका अजित यादवलाई २ नम्बर प्रदेश सरकारले पाँच लाख पुरस्कार रुपैयाँ सहित पुरस्कृत गर्ने घोषणा गरेको छ । प्रदेश नम्वर २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान मन्त्री परिषद्को सोमवार सम्पन्न बैठकले गरेको छ ।

सप्तरी सदरमुकाम राजविराज वडा नं. १२ साविकको विषहरिया गाविस ९ निवासी पवनकुमार यादवका छोरा अजितले नेपाल एपीएफ क्लबबाट खेल्ने पुरुष ३ हजार मिटर दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए ।

यसैगरी ८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा हसिल गरेका थिए ।

 

प्रकाशित मिति :- ५ चैत्र २०७५, मंगलवार ०१:३५