स्वर्ण पदक विजेता अजितलाई राजबिराज र तिलाठीद्वारा  आर्थिक सहयोग

 

हङकङमा हालै सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक विजेता सप्तरीका अजित यादवलाई आर्थिक सहयोग जारी रहेको छ । यसैक्रममा राजबिराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाले पुरस्कार रुपैयाँ सहित सहयोग गर्ने घोषणा गरेको छ ।

राजबिराजका मेयर शम्भु प्रसाद यादबको बैठकले यादवलाई सम्मान स्वरुप एक लाख एक रुँपैया दिने निर्णय गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।

यश अघि प्रदेश सरकारले पाँच लाख पुरस्कार रुपैयाँ सहित पुरस्कृत गर्ने घोषणा गरीसकेका छ्न ।

मन्त्री परिषद्को सोमवार सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नम्वर २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेका थिए ।

हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन ।

प्रकाशित मिति :- ५ चैत्र २०७५, मंगलवार २२:१६