प्राधिकरणका प्राबिधिकहरुको केन्द्रीय कार्यालय घेराउ तथा दवाव र्याली(तस्बिरहरु)

 

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरु खाईपाई आएको भत्ता ,स्वास्थ बिमा ,स्थायवत्व ,सञ्चार खर्च,सुरक्षा लगायतको माग राख्दै केन्द्रीय आयोजना कार्यान्वयन एकाइ काठमाडौंमा घेराउ गर्दै दवाव र्याली निकालेका छन्।२०७३ साल देखि दिदै आएको प्रोत्साहन भत्ता निरन्तरता दिनु पर्ने माग राखदै ३२ जिल्लाका ईन्जिनियरहरु ,सब ईन्जिनियरहरु तथा असिस्टेन्ट सब ईन्जिनियरहरु आन्दोलन सुरु गरिएको हो ।

 

भूकम्पपछिको पुनर्निर्माणका क्रममा ३२ वटा जिल्लामा खटिएका इन्जिनियरहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइको केद्रीय आयोजना कार्यान्वयन एकाइ केद्रीय बबरमहलस्थित कार्यालयमा आज शान्ति पुर्ण आन्दोलन गर्दै घेराउ गरेका छ्न ।

 

आईतबार हकहित संरक्षण समिति नेतृत्वमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट निस्केको बिरोध र्याली माइतीघरमा कोण सभा गर्दै बिरोध जनाएका छ्न ।

पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको काठमाडौँ केन्द्रिय आन्दोलनमा ३२ वटा जिल्ला कै प्राबिधिकहरु ऐक्युबद्धता जनाउन चैत १० देखीको होमिएको छ । प्राधिकरणले गत आर्थिक वर्षको असारमसान्त सम्म भूकम्प प्रभावित जिल्लामा कार्यरत प्राविधिकहरुलाई कार्यक्षेत्रमा खटिदा भौगोलिक भत्ता २५ प्रतिशत, ५० प्रतिशत प्रोत्साहन भत्ता र माशिक ३ हजार यातायात र सञ्चारका नाममा सुविधा दिँदै आएको थियो ।
फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो वर्ष उपलब्ध गराउँदै आएको सुविधालाई कटौती गर्दै साउन देखि माघ सम्मको रकम नदिने र फागुन देखि मात्रै महिनाको ८० घण्टा अर्थात ५० प्रतिशत प्रोत्साहन भत्ता मात्रै उपलब्ध गराउने निर्णय गरेसँगै प्राधिकरण अन्तर्गतका निजी आवास र शैक्षिक संस्थाको पुनर्निर्माणमा खटिएका ३२ जिल्लाका ४ हजार प्राविधिकहरु आफूले खाइपाइ आएको सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

यस्तै उनिहरुले प्राबिधिहरुका लागी आउँदै गरेको छुट तालिम बहिस्कार गर्ने समेत निर्णय गरेको जनाएका छन् ।३२ जिल्लामा बिभिन्न कारणले भुकम्पपछिको पुर्नर्मिाणमा ढिलाई भईरहेको बेला प्राबिधिकहरु आन्दोलनमा उत्रिदा पुर्ननिर्माणको काम झनै प्रभावित बनेको छ । यता भुकम्पका लाभग्राहीहरु कार्यालयमा पुगेर सेवा नलिकन फर्कन बाध्य भएका छन् ।

 

तस्बिर : 

 

 

 

 

 

 

 

प्रकाशित मिति :- १० चैत्र २०७५, आईतवार १८:४०