मैथिली सुपर स्टार गायक सन्नु कुमारले तताए लहान

 

मैथिली गीति क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मैथिली सुपर स्टार गायक सन्नु कुमारले तताए लहान तताएको छ । सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ मा मैथिली सुपर स्टार गायक सन्नु कुमारले आफ्नो प्रस्तुति प्रस्तुत गर्दै दर्शकलाई नचाएका छन्।

गायक सन्नु कुमारले मैथिली गित “पिया पिया… सपृङ सेट छौ … जस्ता थुप्रै सुपर हिट मैथिली गितहरु गाएर लहानका दर्शक हरुलाई नचाएका हुन । दर्शकको उल्लेख्य उपस्थिती रहेको सांस्कृतिक कार्यक्रमा गायक संगै गीत गाउँदै दर्शक पनि झुमेका थिए ।

 

 

लहान १२ र २२ वडामा पर्ने धार्मिक पर्यटकीय स्थल सलहेश फूलवारी, १५ नम्वरमा पर्ने राजदेवी मन्दिर, १८ नम्वरमा रहेको पकडियागढ, २४ नम्वरमा रहेको मानिकदह र वडा २० मा पर्ने ब्रम्हानथानलाई राष्ट्रियस्तरमा पहिचान दिलाउनुको साथै पर्यटकीय स्थलहरुको विकासलाई प्रबर्द्धनका निमित्त लहान महोत्सव यहि २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख १० सम्म चल्ने आयोजक कमिटीले बताए ।

प्रकाशित मिति :- ३० चैत्र २०७५, शनिबार ०७:२८