गायक प्रमोद पियाको डेब्यु गीत ‘कईलु हमसे बेबफाई ’ रिलिज (भिडियो)

 

बहुचर्चित भोजपुरी गायक प्रमोद पिया ‘कईलु हमसे बेबफाई’ को डेब्यु गीत रिलिज भएको छ । रिलिजसँगै गीतलाई सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा पियाले ‘कईलु हमसे बेबफाई ’’ बोलको गीत चैत २७ गते रिलिज गरेका हुन् । डेब्यु गीतबाट गायक पिया निकै उत्साहित छन् । उनको टिममा रहेका सबैले राम्रो छाप छाड्ने अपेक्षा लिएका छन् ।

स्याड गीतमा प्रमोद आफैले संगीत दिएका छन् । शब्द मन्जुर निदर्दीले लेखेका हुन् ।

अहिलेको युवायुवतीहरुले रुचाउने खालको गीत राम्रो बनेको पियाको भनाइ छ । म्युजिक भिडियोमा गायक प्रमोद पिया र मोडल मनिषा श्रेष्ठ देखिएकी छिन् । म्युजिक भिडियोलाई मनोज मुस्कानले निर्देशन र छायाँकन गरेका हुन् । त्यस्तै मेक अपमा राम कल्याण सहनी ,संगीत डिजे लाल बाबू र प्रोडुसरमा अजय निरला रहेको छ ।

 

भिडियोमा विशाल सहनिको अभियन देख्न सकिनेछ । प्रमोद को गीतको म्युजिक भिडियो हाइलाइट भोजपुरी नेपालले चैत २७ गते आफ्नो युट्युब च्यानलबाट रिलिज गरेको छ ।

‘मेरो डेब्यु गीत हो’, गायक प्रमोद्ले भनेका छन्, ‘सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौ ‘ ।

सानैदेखि गित संगीत र अभिनयमा रुचि राख्ने गायक प्रमोद पिया सहनिले आफ्नै गृह जिल्ला रौतहट बस्दै आएका छ्न । पियालाई गीत संगीतमा धेरै रुचि छ । भोजपुरी ,नेपाली,मैथिली गीत गाउन सक्ने प्रमोदले अबका दिनमा गायनलाई निरन्तरता दिने बताउँछन् । उनले थुप्रै गीतहरूमा स्वर दिएका छन् ।

 

हेर्नुहोस भिडियो : 

 

 

 

प्रकाशित मिति :- ३ बैशाख २०७६, मंगलवार ०५:३१