×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
यसरी नेपाली सौखिन महिलाले भारतबाट बोलाउछ्न ‘जिगोलो’
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १४ बैशाख २०७६, शनिबार
  •  

    जिगोलो ब्यापार नेपाली समाजमा पनि भारतबाट हुदै आएको खुलासा भएको छ । जिगोलो भन्नसाथ नेपालीमा अर्थ पुरुष वेश्या लगाईन्छ । जिगोलोले महिलालाई यौन सन्तुष्टि मात्र पूरा गर्दैन्न । यसको भारतमा ठुलो बजार रहेकोे छ । यसको व्यावसायीकता व्यवस्थित तरिकाले गरिएको छ ।

    नेपालमा आधिकारीक रूपमा जिगोलोको कार्यालय नरहेका कारण सौखिन नेपाली महिलाले भारतबाट अनलाइनमार्फत जिगोलोलाई नेपाल बोलाउने गर्छन् ।

    नेपाल आएर एक सातादेखि १५ दिनसम्म बसेर फर्किँदा त्यस्ता अनलाइनमार्फतका जिगोलोका लागि न्युनतम ५० हजारदेखि एक लाखसम्म खर्च हुन्छ । तर, उनीहरूको पारिश्रमिक भने एक दिनको ६ हजारदेखि २५ हजारसम्म हुने गरेको छ ।

    नेपालका हाइप्रोफाइल महिलाको निमन्त्रणामा नेपालका फाइभस्टार भाडामा लिएरै जिगोलो बस्ने गर्छन् । उनीहरू अनलाइन निमन्त्रणामा नै नेपाल झिकाइन्छन् जसका कारण विदेशी पुरुष यौनकर्मी हुन् या होइनन् भन्ने विषयबारे प्रहरी बेखबर हुन्छ ।

    नेपाली उच्च घरानीया महिलाले अनलाइनमार्फत भारत र अन्य मुलुकका जिगोलोलाई बोलाउने गर्दछन् । अन्य मुलुक भन्दा पनि भारतीय युवक सस्तोमा आउने भएपछि नेपालका कतिपय रमणीय ठाउँमा महिलाले खर्च गरेर घुमाउने गरेका छन् ।

    यसरी विदेशबाट आयात गरिएका जिगोलोको प्लेन टिकट र नेपाल बसाईको सबै खर्चको विवरण सम्बन्धित महिलालाई अनलाइनमार्फत नै पठाउने गरिएको छ । उक्त रकम अनलाइनमार्फत नै बुझाउने गरिएको छ । यो ब्यापार गुपचुपमा हुने गरेकोले प्रहरी अहिलेसम्म ठोस प्रमाण सहित कसैलाई पनि समातन सकिएको छैन ।

    (विभिन्न नेपाली सञ्चार माध्यमको सहयोगमा )

    Nabintech