×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
एनसेलमा ‘कल आयो पैसा पायो’ अफर, यसरी गर्नुस सुचारु
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १५ बैशाख २०७६, आईतवार
  •  

    एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ ।

    यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्नेछन् ।

    यो अफर सोमबारदेखि लागू भई तीन महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ को दरले बोनस पाउनेछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्नेछन् ।

    यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुनेछ । ग्राहकले बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

    त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्ट फोन पनि जित्न सक्नेछन् ।

    यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्ट फोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

    आफ्ना परिवारका सदस्य, आफन्त र साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मूल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

    यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्यत गर्नेछ ।

    Nabintech