×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
पेन्टको गोदाममा आगलागी,आगो अझै नियन्त्रण भन्दा बाहिर
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १७ बैशाख २०७६, मंगलवार
  •  

    वीरगन्जमा एउटा पेन्टको गोदाममा आगलागी भएको छ। वीरगन्ज महानगरपालिका ११ मा रहेको केमिकल पेन्ट गोदाममा भइरहेको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक मानवहादुर राईले जानकारी दिए।

     

    आगलागीबाट गोदाममा स्टोर गरेर राखिएका केमिकल जलेर नष्ट भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र तिन वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको राईले बताए।

     

    आगो मानव बस्तीनजिकै लागेको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेकाले क्षतिको विवरण संकलन भएको छैन भने आगलागीकाे कारण पनि खुल्न सकेको छैन।

    विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

    Nabintech