सामाजिक सुरक्षा ऐन तथा मजदुरको अधिकार कार्यान्वयन गर् : ट्रेड युनियन सप्तरी

 

सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । हरेक वर्ष मे १ अर्थात मजदुर दिवसका दिन सो माग गर्दै प्रदर्शन गरिएको हो ।

१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।

 

 

अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी द्वारा १३०अाै अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मजदुरहरुले नगर परिक्रमा गरेको छ । अखिल नेपाल ट्रेड युनियन महासँघ सप्तरीको अगुवाईमा स्थानिय पबि माबिको प्राङ्गणबाट निस्केको रयाली नगरको विभिन्न ठाँउमा प्रदर्शन गरेको छ ।

त्यसैगरि महासंघका अध्यक्ष क.केदार देवको अध्यक्षता तथा प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव क.जगत सिंखडा विशिष्टको उपस्थितमा मजदुर सभाको अायोजना गरि भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको थियो ।

यसैगरी ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो । नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।

सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माग गर्दै वक्ताहरुले प्रदर्शन गरेका थिए । मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको ट्रेड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले बताए ।

जुलुसमा सहभागी छिन्नमस्ता गा.पा. वडा नं.५का वडा अध्यक्ष शिवशंकर पंडितले अाफंनो परिश्रमिक बाट बर्षको १२ महिनाको तलब बाट २ महिनाको तलब महासंघ लाई सहयोग गर्ने घोषणा गर्नु गरेको छ । त्यस्तै महासंघको उपाध्यक्ष रामकुमार राय र महासंघका सचिव रतन मंडलले १ महिनाको तलब महासंघलाई दिने घोषणा गरेको छ ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईदै आएको मजदुर संगठनका अगुवा केदार देवले बताए ।

सोहि अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का प्रदेश सदस्य तथा पुर्व सांसद असर्फी सदा, महासंघका १ नं.प्रदेश उपाध्यक्ष उपेन्द्र राय ,सुनसरी अध्यक्ष राजन काफ्ले, सुन चाँदी कालिगढ संघका राकेश बराइली ,रामकुमार राय, रतन मंडल, ज्ञानी देवी सरदार ,टुसाइ मंडल(सिफैद) ,रामचन्द्र यादव ,उपेन्द्र पासवान,बिजेन्द्र ,देव,अानन्द मुखिया ,छिन्नमस्ता गा.पा. वडा अध्यक्ष शिवशंकर पंडित , नेकपाका नेता मो. डोमन लगाएतका बक्ताहरुले मजदुर दिवस बारेमा अा-अाफ्ना बिचार राखेका थिए ।

प्रकाशित मिति :- १९ बैशाख २०७६, बिहीबार ०६:५०