प्रधानमन्त्री मोदी र राहुल गान्धीको एतिहासिक जित

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन् ।

मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट चुनाव जितेका हुन् । अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा ८ हजारभन्दा बढी मत पछाडि छन् ।

विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कुल ७ चरणमा गरिएको थियो । ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो ।

प्रकाशित मिति :- ९ जेष्ठ २०७६, बिहीबार २२:५९