×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्तो
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १५ जेष्ठ २०७६, बुधबार
  •  

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निम्तो गरिएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी(बिमस्टेक) सदस्य रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई मात्र अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।

    नयाँ पत्रिका दैनिकका अनुसार छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्तो छैन। बिमस्टेक सदस्य थाइल्याण्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निम्तो छ।

    सांघाई कोअपरेसन अर्गनाइजेसनको सध्यक्ष राष्ट्र कर्गिस्तान र भारतीयको बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि मोदीको शपथग्रहणमा निम्तो गरिएको छ। भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकीहरूलाई सपथग्रहणमा बोलाएको हो।

    Nabintech