×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
धनुषामा झाक्रीले शक्तिशाली हुन बालकको दिए बलि
  • नेपाली स्टुडियाे संवाददाता

  • जनकपुरधाम

  • १६ जेष्ठ २०७६, बिहीबार
  •  

    प्रदेश २ को धनुषामा एक झाक्रीले एक नाबालिकको बलि दिएको खुलासा भएको छ । मिथिला नगरपालिका ६ बस्ने सत्रुधन साहको अढाई वर्षीय छोरा आर्यन समिर साहलाई ५५ वर्षका सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेका हुन ।

    शक्तिशाली बन्नको लागि बालक आर्यनको बलि दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा धामीझाँक्री सिक्दै गर्दा बालकलाई बलि दिएको खुलासा भएको छ ।

    गत वैशाख २३ गते हराएका बालक आर्यनको शव वैशाख २४ गते विहान स्थानीय कृष्णानन्दन महतोको बारीको झाडीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो ।

    Nabintech