प्रदेश २ सरकारको नीति कार्यक्रम : कृषि बिमादेखी बन्द भएको उद्योग खोल्ने

 

प्रदेश २ सरकारले अन्नबाली, फलफूल, तकारकारी बाली, पशुपंक्षी तथा माछापालनमा विमाको व्यवस्था देखि बन्द उद्योग तथा कलकारखाना पुनः संचालनमा ल्याइने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आईतवार प्रदेशसभामा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गर्नुभएको प्रदेश २ सरकारको आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम प्रस्तु गर्नुभएको हो ।

कृषि क्षेत्रको समग्र विकासको लागि प्रदेश कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने, उत्पादित अन्नबाली खरिद गर्नका लागि विभिन्न जिल्लाहरुमा कृषि मण्डलीको स्थापना गर्ने, अन्नबाली, फलफूल, तकारकारी बाली, पशुपंक्षी तथा माछापालनमा विमाको व्यवस्था गर्ने लगायतको कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । त्यति मात्र होइन किसानहरुको प्रोत्साहनको निम्ति वर्षको एकदिन धान तथा ओरहा दिवसको रुपमा मनाउने समेत नीति ल्याएको छ ।

उद्योगा क्षेत्रलाई गत वर्ष झै सरकारले प्राथमिकतमा पारेको छ । प्रदेश भित्र रहेका कलकारखाना जस्तै विरगंजको बन्द भएको सरकारी चिनी उद्योगा, कृषि औजार लिमिटेड लगायतको बन्द उद्योग तथा कलकारखाना पुनः संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश भित्रको छोटी भन्सार प्रदेश सरकार मातहत ल्याउन संघीय सरकारसंग पहल गर्ने छ ।

प्रकाशित मिति :- १९ जेष्ठ २०७६, आईतवार २३:०३