वैदेशिक रोजगारबाट फर्किनेको यस्तो छ रहस्य : एचआइभी संक्रमित भएपनी भन्दैन्न !

 

सबैभन्दा धेरै वैदेशिक रोजगार जाने मध्ये मधेसका जिल्ला पर्छ । उनिहरु आफ्नो जीवन आपन गर्न परिवार संग टाढिएर सात समुन्दर पार वैदेशिक रोजगारमा जान्छ्न तर फर्किदा सरुवा रोगले लिएर घर फर्किन्छ । यो रोग हुन एचआइभी संक्रमित !

नेपाली समाजमा एचआइभी लागेपछि लाज लाग्छ रे ! भन्छ, लुकाउन खोज्छ ? यस्तै भएको छ सिरहा जिल्ला बस्ने धनगढीमाई नगरपालिका र नरहा गाउँपालिकरका दुई युवा छ्न ।

सिरहाको धनगढीमाई नगरपालिकाको एक गाउँका करिब ३१ वर्षीय युवक वैदेशिक रोजगारीमा मलेसियामा रहँदा एचआइभी संक्रमित भएर घर फर्किए  । तर, उनले श्रीमतीलाई बताएनन् । एक छोरा र एक छोरीका अभिभावकसमेत रहेका उनले आफू संक्रमित रहेको कुरा श्रीमतीलाई नबताउँदा श्रीमतीमा सर्ने जोखिम बढेको भए पनि खुल्न र एआरटी सेन्टरसमेत जान नमानिरहेको यौनिक अल्पसंख्यकको अधिकार तथा एचआइभीविरुद्ध काम गरिरहेको जीवनज्योति समाजको भनाइ छ ।

यस्तै, सिरहाको नरहा गाउँपालिका क्षेत्रका करिब ४५ वर्षीय एक पुरुष रोजगारीको क्रममा भारतको पञ्जावबाट फर्किंदा संक्रमित भएर घर फर्किए । घरमा रहेकी श्रीमतीलाई आफू संक्रमित भएको कुरा ढाँटेर सँगै रहँदा एक छोरी जन्मिइन्, तर संक्रमित । छोरी जन्मिएको केही दिनमै महिलाको मृत्यु भयो । त्यसलगत्तै उनले पुनः अर्की महिलासँग विवाह गरेर पुनः संक्रमित बनाए । केहीअघि ती पुरुषको मृत्यु भयो । जेठी पत्नीबाट जन्मिएकी संक्रमित छोरी पछिल्लो समय एचआइभी एड्सविरुद्धको एआरटी सेवन गरिरहेकी छिन् ।

यी त्यस्ता घटनामा संक्रमित प्रायः जनकपुर र सप्तरी, उदयपुरका संक्रमितहरू लहानबाट एआरटी सेवन सिरहाका जनस्वास्थ्य अधिकृत सरोज कर्ण बताउँछन् । उनले भने, ‘सिरहा जिल्लाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मात्र रहेको एआरटी सेन्टरमा आउने बहुसंख्यक संक्रमित सप्तरी र उदयपुरका एचआइभी संक्रमित छन् ।’

संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्पर्क, रगत तथा रगतजन्य पदार्थको सम्पर्क तथा संक्रमित गर्भवती आमाबाट संक्रमित भएपछि एचआइभी रोग एक अर्कामा सर्न सक्ने स्वास्थकर्मिहरुले बताउँछन् ।

प्रकाशित मिति :- २० जेष्ठ २०७६, सोमबार ०४:५७