एकतापछि प्रचण्ड-ओली रिटायर्ड हुनुपर्छ, म एक्लै पार्टी हाँक्न सक्छु : योगेश भट्टराई

निर्वाचन सम्पन्न भएको झण्डै एक महिना पुग्दा समेत नयाँ सरकारको अत्तोपत्तो छैन । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम राष्ट्रियसभाको निर्वाचनपछी मात्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगको यो निर्णयबाट बाम गठबन्धन रुष्ट छ । राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछी राष्ट्रियसभा निर्वाचन, एकल संक्रमणीय निर्वाचन प्रणालीबाट हुनेमा चाही अब विवाद रहेन । उता आर्थिक समृद्धि र स्थीरताको नारासहित निर्वाचनमा होमिएको बाम गठबन्धन, पार्टी एकीकरणका सवालमा झनै अलमलमा छ ।

नेकपा एमालेका अध्यक्षले नयाँ सरकारको नेतृत्व गर्ने विषयमा त्यति विवाद नदेखिएपनि एकीकृत पार्टीको नेतृत्व चा“ही कसले गर्ने भन्नेमा निकै विवाद देखिन्छ । निर्वाचनमा पराजय बेहोरेको नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग हुँदैगर्दा नेकपा एमालेभित्र पनि यो विषयले प्रबेश पाएको। पार्टी एकीकरणपछी केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेतालाई राजनीतिबाट सन्यास लिनपर्छ भनेर चर्चामा आएका नेकपा एमालेका सचिब तथा युवा नेता योगेश भट्टराई आजको टफटकमा आएका छन् ।

पार्टीका शिर्ष नेताहरुले अब पार्टीको नेतृत्व छोड्नु पर्ने र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने सचिब भट्टराईको मागले एमाले भित्र नया बहस शुरु गराएको छ । नेतृत्व हस्तान्तरणबारे दिलभूषण पाठकले सोधेको प्रश्नमा जवाफ दिदै एमाले सचिब भन्छन् ”मैले केपी ओली र प्रचण्डलाई तपाईहरु अभिभावक हुनुस भन्दा खेरि मान्छेहरु कतिपयले मलाई घमण्डी भईस भन्ने नि ! एक किसिमको घमण्ड नै भनुस मैले यो पार्टी एक्लै चलाउछु भन्ने हिम्मतले नै भनेको हुँ अबको ५ बर्ष पछि अहिलेका कुनै पनि नेताहरु पार्टीको कार्यकारणी नेतृत्व तहमा हुदैनन ।

हेर्नुस एमाले सचिबसंगको भिडियोवार्ता

प्रकाशित मिति :- १९ पुष २०७४, बुधबार २३:१४