सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण राजविराजमा सुरु

 

सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण राजविराजमा असार २ गते देखि सुरु भएको छ।

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय मैदानमा सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन थन्डर्सले ३३ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गर्दै बोदे बर्साइनले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सकेको थियोे ।

प्रतियोगिता असार २ देखि ८ सम्म हुने लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति :- ३ असार २०७६, मंगलवार १९:०६