सप्तरीको गोरगमामा आँखा तथा कान शिविर सम्पन्न

 

सप्तरीको गोरगमामा आँखा तथा कान शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ , सगरमाथा चौधरी आँखा लहान सिरहा तथा गोरगमा युथ क्लब गोरगमाको संयुक्त आयोजनामा आँखा तथा कान शिविर सम्पन्न भएको हो ।

शिविरमा स्थानीयहरु स्वास्थ्य परिक्षण गराई लाभान्वित भएको छ । शिबिरमा आँखा तथा कान सम्बन्धि सबै रोगहरुको उपचार भएको थियो । साथै शिविरमा मोतियाबिन्दुको रोगिहरुको उपचार लहान स्थित अस्पताल ल्याई निशुल्क उपचार गरिने जनाएको छ । त्यसैगरी मोतियाबिन्दु अपरेसन गर्ने बिरामीको लागि एक तर्फी यातायातको ब्यवस्था गरिएको अस्पतालले बताए ।

स्थानीय आयोजकको रूपमा गोरगमा युथ क्लब रहेकोे थियो । गोरगमा युथ क्लब तथा सगरमाथा चौधरी अँखा अस्पतालको संयुक्त आयोजनामा सप्तरीको रुद्र माध्यमिक बिधालय गोरगमामा शनिबार अँखा ,कान,तथा दात सम्बन्धि शिविर संचालन गरेको थियो ।

प्रकाशित मिति :- ८ असार २०७६, आईतवार १२:४३