प्रदेश २ सरकारद्वारा सप्तरीका सहिदलाई भैंसी वितरण

 

सहिद परिवार तथा आन्दोलनका शक्त घाईतेलाई प्रदेश २ का भुमि ब्यबस्था,कृषि तथा सहकारी मंत्रालयले एक थान भैंसी र ३०/३० हजार नगद सहित गोठ सुधारकोलागि उपलब्ध गराएका छन् ।

मधेसी सहिद तथा घाइते परिवारलाई लैनो भैंसीका साथै गोठ बनाउनका लागि नगद ३०/३० हजारका दरले सप्तरीको राजविराज नगरपालिका ९ मलेठ पुगेर ३४ सहिद तथा घाइते परिवारलाई हस्तान्तरण गरेका छन् ।

भुमि ब्यबस्था,कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहद्वारा भुमि ब्यबस्था , कृषि तथा सहकारी मंत्रालयबाट सहिद परिबार तथा आन्दलोनका शक्त घाईतेलाई एक थान दुधालु भैंसी गरि ६८ भैसी उपलब्घ गराएका हुन् । आइतबार सप्तरीको राजबिराजमा ३४ थान भैंसी बितरण गरेको र यो प्रदेशको आठै जिल्लाभर बितरण गरिने जनाएको छ ।

शहीद तथा घाइते परिवारको जीवनस्तर उकास्न भैंसी दिएको मन्त्री साहले जानकारी दिए । यहाँबाट भैंसी वितरण सुरु गरिएको र अन्य सहिद तथा घाइते परिवारलाई पनि बाँड्ने योजना रहेको उनले सुनाए ।‘३ वर्षसम्म कुनै पनि हालतमा विक्रि गर्नुपर्ने अवस्था नआओस्, हाम्रो निगरानी हमेसा रहन्छ’
उनले भने ।

प्रत्येक भैंसीले कम्तिमा पनि पाँच लिटर दुध दिनुपर्ने भन्दै मन्त्री साहले नदिएको खण्डको सिधै प्रदेश सरकारलाई गुनासो गर्न आह्वान समेत गरे । ‘शहिदहरुकै योग्दानले मुलुकमा संघीयता आएकोले उहाँहरुको परिवारको आर्थिक अवस्थामा राहत ल्याउने हिसाबले प्रदेश सरकार अघि बढेको छ’ उनले थपे–‘उहाँहरुको परिवारलाई राहत महसूस गराउन अन्य योजना पनि ल्याउने प्रदेश सरकार प्रतिवद्ध छ ।’

मन्त्री साहले शहीदको हकहितका लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले शहीदकै योगदानले संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र आएको भन्दै सहयोग गर्न लागेको उनको भनाई थियो ।

प्रकाशित मिति :- ९ असार २०७६, सोमबार ००:१९